एमालेको महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने – Nepal Press

एमालेको महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६ जना हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले भुगोलबाट १ हजार १ सय ९६ जना हुने बताए ।

उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने बताए । त्यस्तै ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिए।

आजको निर्णयलाई भोलिको केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर