देउवाको ब्रिफिङ- महाअभियोग नचाहिँदो हल्ला हो, पहिलेकै सम्हाली नसक्नु भयो – Nepal Press

देउवाको ब्रिफिङ- महाअभियोग नचाहिँदो हल्ला हो, पहिलेकै सम्हाली नसक्नु भयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको लफडामा नपर्ने प्रष्ट पारेका छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुअघि निकटस्थहरुसँगको परामर्शका क्रममा महाअभियोगमा कांग्रेस नजाने बताएका हुन् ।

कांग्रेसकै केही ‘पपुलिस्ट नेता’ले मिडिया खपनका लागि आफूमाथि दबाब दिए पनि प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको कुरा वाहियात भन्दै ‘नचाहिने हल्ला’मा नलाग्ने बताएको बालुवाटारबाट निस्केपछि एक नेताले बताए ।

ती नेताले भने- भोलिसम्म मिल्छ होला भन्दै उहाँले पहिलेकै महाअभियोग सम्हालिनसक्नु भएकाले अब लफडामा नपर्ने बताउनुभयो । उहाँले नचाहिदो हल्ला नपत्याउन राष्ट्रपतिलाई पनि आजको भेटमा आग्रह गर्नु भएको रहेछ । हामीले राणाविरुद्ध लाउनासाथ एमालेले अरु चारजना न्यायाशमाथि महाअभियोग लगाइहाल्छ, कांग्रेस फेरि कलंक किन बोक्छ । कांग्रेसले नगरेपछि प्रचण्ड-माधवले मात्र महाअभियोग लगाउन सम्भव छैन ।

विदेश भ्रमणमा जानुअघि ब्रिफिङ गर्ने प्रचलन अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास गएका थिए । शीतल निवासबाट फर्केपछि देउवाले आफू निकटहरुसँग राष्ट्रपतिलाई पनि आफूले महाअभियोग नचाहिँदो हल्लामात्र भएको बताएको जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर