राजदूत खतिवडा स्वदेश फर्किए – Nepal Press

राजदूत खतिवडा स्वदेश फर्किए

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा स्वदेश फर्किएका छन् । सरकारले फिर्ता बोलाएसँगै उनी स्वदेश फर्किएका हुन् ।

खतिवडालाई गत अक्टोबर २०२० मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अमेरिकी राजदूतको रुपमा पठाएको थियो । खतिवडाले अमेरिका, दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

साथै उनी विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी पनि थिए । अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर