छिरिङले मच्छिन्द्रबाट ए डिभिजन लिग खेल्ने – Nepal Press

छिरिङले मच्छिन्द्रबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । छिरिङ गुरुङले साविक विजेता मच्छिन्द्र क्लबबाट सहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । छिरिङलाई एक वर्षको सम्झौतामा अनुबन्ध गरेको क्लबले समाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

गत चैत्रमा नेपालले थ्रि–नेसन्स कप जित्दा राष्ट्रिय टोलीका सदस्य रहेका छिरिङले यस अघिको सिजन च्यासल थुथ क्लब बाट ए डिभिजन लिग खेलेका थिए ।

उनले वैशाखमा आयोजना भएको नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग एनएसएलमा विजेता टोली काठमाडौं रेजर्सबाट खेलेका थिए ।
मच्छिन्द्रले मनिष डाँगी र बिमल घर्ती मगरलाई पनि टोलीमा भित्राइसकेको छ ।

गत सिजन मच्छिन्द्रबाटै खेलेका गोलकिपर विशाल श्रेष्ठसहित रजिन धिमाल, रेजिन सुब्बा, विशाल राईसँग सम्झौता नवीकरण गरिसकेको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले पनि आगामी सिजनका लागि सम्झौता गरिसकेका छन् ।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै मच्छिन्द्रले पहिलो पटक ए डिभिजन लिग जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *