प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन – Nepal Press

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको छ । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केही युवाहरूले सडकमा भेला भएर दबाब दिएका हुन् ।

इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

  1. न्यायपालिकाको साखलाई जोगाउनु पर्छ ।न्यायाधीशले हडताल गरेको सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर