यू-२३ एसियन कप छनोटमा नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दै – Nepal Press

यू-२३ एसियन कप छनोटमा नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दै

काठमाडौं । नेपालले एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले एसियाली पावरहाउस इरानसँग ४–० गोल अन्तरको पराजय ब्यहोरेको थियो । घरेलु टिमविरुद्ध पहिलो जित र अंकको खोजीमा हुनेछ ।

इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले बाँकी दुई खेलमा स्पष्ट जितका लागि खेल्ने बताएका थिए । ताजिकिस्तानले भने पहिलो खेलमा लेबनानलाई हराएको थियो ।

नेपाल रहेको समूह बी मा समान ३ अंक भए पनि इरान शीर्ष र ताजिकिस्तान दोस्रो स्थानमा छ । लेवनान र नेपाल अंकविहीन छन् । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा लेबनानसँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू(२३ एसियन कप खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर