मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा – Nepal Press

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुझाइन् प्रदेश प्रमुखसमक्ष राजीनामा

हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्गप्रशस्त गरेको घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन् ।

शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जनामात्रै सांसद छन् ।

वागमती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ ।

यहाँ नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एकजना प्रदेशसभा सदस्य छन् । अब वागमती गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर