मुख्यमन्त्री बनेको ७१ दिनमा अष्टलक्ष्मीको राजीनामा – Nepal Press

मुख्यमन्त्री बनेको ७१ दिनमा अष्टलक्ष्मीको राजीनामा

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् ।

गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो ।

शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर