प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्यान्ड प्रस्थान गर्ने – Nepal Press

प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्यान्ड प्रस्थान गर्ने

काठमाडौं । राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार स्कटल्यान्ड प्रस्थान गर्ने भएको छ ।

सम्मेलनको अवसरमा कात्तिक १४ र १५ गते (नोभेम्बर १ र २)मा देउवाले वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान कतार एयरवेजको उडानबाट स्कटल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । अक्टोबर ३१ देखि १२ नोभेम्बरसम्म स्कटल्यान्डको ग्लास्गो सहरमा कोप-२६ सम्मेलन चल्नेछ ।

सम्मेलनमा भाग लिएपछि देउवासहितको नेपाली प्रतिनिधिमण्डल कात्तिक १८ गते कतार एयरवेजकै उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

साता लामो भ्रमणमा देउवाले नेपालका तर्फबाट जलवायुका मुद्दाहरुलाई सम्मेलनमा प्रस्तुत गर्नेछन् । साथै, भ्रमणका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा उच्चाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर