डान्स च्याम्पियनको निर्णायक बन्न निरुता काठमाडौंमा, कात्तिक २५ देखि सो प्रसारण हुने – Nepal Press

डान्स च्याम्पियनको निर्णायक बन्न निरुता काठमाडौंमा, कात्तिक २५ देखि सो प्रसारण हुने

काठमाडौं । अभिनेत्री निरुता सिंह अब टेलिभिजन रियालिटी सो डान्स च्याम्पियनकी निर्णायक बन्ने भएकी छिन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त रियालिटी सोका निर्णायक र आयोजनाको पक्षबारे जानकारी दिइयो ।

कात्तिक २५ गतेदेखि प्रसारण सुरु हुने सोका लागि निरुता अहिले काठमाडौं आइपुगेकी छिन् । उनी नेपाल आइरहनु भने नयाँ कुरा होइन । लामो समयपछि उनी केही महीनाअघि उनी नेफ्टा फिल्म अवार्डमा भाग लिन काठमाडौंमा आइपुगेकी थिइन् ।

प्रेसमिटमा निरुताले डान्स च्याम्पियनको जजको रुपमा भाग लिन पाउँदा खुशि लागेको बताइन् । निरुतासँगै यो सोमा जगत रावल र आश्मा विश्वकर्मा पनि जजको रुपमा रहने जनाइएको छ । अहिले डिजिटल अडिसन सुरु भैसकेको छ ।

अब मेगा अडिसनको छायांकन हुने निर्देशक गजित बिष्टले जानकारी दिए । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ । यो शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस्ले प्रस्तुत गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर