ट्वान्टी–२० विश्वकपमा पाकिस्तानको लगातार जित – Nepal Press

ट्वान्टी–२० विश्वकपमा पाकिस्तानको लगातार जित

एजेन्सी । सोएव मल्लिक र आसिफ अलीले छैटौं विकेटका लागि विष्फोटक अविजित साझेदारी गरेपछि पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपमा तेस्रो दिनमा दोस्रो जित हासिल गरेको छ ।

समूह २ को खेलमा पाकिस्तानले यसअघि भारत र मंगलबार राती न्युजिल्याण्डलाई ५ विकेटले हरायो ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले इनिङको ८ बल अगावै पूरा गर्न ५ विकेट खेर फाल्यो ।

दुई दिनअघि भारतलाई १० विकेटले हराउँदा नायक बनेका ओपनर कप्तान बाबर आजमलाई सस्तैमा गुमाए पनि अर्का ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान गरेका थिए । फकर जमान र मोहम्मद अफिजले समान ११ रन बनाएर आउट भए । इमाद वासिम पनि आउट हुँदा पाकिस्तान १४.५ ओभरमा ८७–५ को स्थितिमा थियो ।

त्यसपछि मलिक र अलीको खेल सुरु भयो । मलिकले २० बलमा २ चौका र १ छक्कासहित २६ रन बनाउँदा १२ बलमा ३ छक्का र १ चौका प्रहार गरेका अलीले २७ रन जोडे । यी दुईको अविजित प्रदर्शनमा पाकिस्तानले अर्को सहज जित निकाल्यो ।

यसअघि सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड पाकिस्तानको बलिङ आक्रमणसामू खुलेर खेल्न असफल रह्यो । न्युजिल्याण्डका कप्तान केन विलियमसने २५ र डेभोन कोनवेले २७ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङमा म्यान अफ द म्याच बनेका पाकिस्तानका ह्यारिस रउफले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । सहीन साह अफ्रिदी, इमाद वासिम र मोहम्मद अफिजले १–१ विकेट लिए । पाकिस्तानले दुई जितमा दुईपल्ट बलरले म्यान अफ द म्याच पाए । यसअघि अफ्रिदीले भारतको शीर्ष क्रम ध्वस्त पारेपछि म्यान अफ द म्याच चुनिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर