सर्वोच्चको विवादमा संसदले समिति बनाएर छानबिन गर्नुपर्छ : भीम रावल – Nepal Press

सर्वोच्चको विवादमा संसदले समिति बनाएर छानबिन गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले सर्वोच्च अदालतमा प्रधान्यायाधीश र न्यायाधीशहरूको विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानविन गर्नुपर्ने बताएका छन् । लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्र.न्या.को क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको बोध गर्नु र संसदले अधिकारयुक्त समिति गठन गरी यथार्थको छानविन गर्नुपर्छ,’ ट्वीटरमा उनको भनाइ छ, ‘लोकतन्त्रको रक्षार्थ राजनीति र अदालतको अवाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर