नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत – Nepal Press

नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दीकेशर ढकाललाई नेकपा एमालेमै फर्काएका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् ।

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्केका हुन् ।

ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागी भएका छन् ।

उनी रुपन्देहीका पुराना एमाले नेता हुन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर