नेपाली बक्सअफिसमा हलिउड दबदबा : शुक्रबार ‘भेनम’ भर्सेस ‘ड्युन’ – Nepal Press

नेपाली बक्सअफिसमा हलिउड दबदबा : शुक्रबार ‘भेनम’ भर्सेस ‘ड्युन’

काठमाडौं । नेपाली बक्सअफिसमा अहिले घरेलु र बलिउड फिल्म लगभग शून्यप्रायः छ । हलिउड फिल्मले मात्र यतिबेला नेपाली फिल्मको अस्तित्व जोगाइदिएका छन् ।

जेम्स बन्डको नो टाइम टु डाइ र फास्ट एन्ड फ्युरियस फिल्महरुको आशालाग्दो प्रदर्शनले मात्र नेपाली हलहरु खुल्न पाएका छन् । यो रिक्ततामा आगामी शुक्रबार दुई बहुप्रतीक्षित हलिउड फिल्म प्रदर्शन हुने भएका छन् ।

एप्पल इन्टरटेनमेन्टको ‘भेनम ः लेट देयर बि कार्नेज’ र टि फोक पिक्चर्सको ‘ड्युन’ प्रदर्शन हुने भएका छन् । टम हार्डी स्टारर भेनमको पहिलो श्रृंखलाले लकडाउनअघिको नेपाली फिल्म बक्सअफिसमा राम्रो प्रदर्शन गरेको थियो ।

साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सन-ड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ ।

भेनम र ड्युन दुबै फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको कारणले पनि अंग्रेजी फिल्मका दर्शकलाई रुचि हुने अनुमान गर्न सकिन्छ । कोरोना महामारीको कारण लगातार ठूला हलिउड फिल्म प्रदर्शन हुने भएकाले हलिउडप्रेमीलाई भने राम्रो अवसर हुनसक्छ ।

आगामी नोभेम्बर पाँचमा मार्भल स्टुडियाको साङ्ची प्रदर्शन हुने भएको छ । तिहारमा चोर पुलिस र धुम ४ रिलिज हुनेछन् । पुस ९ गते चुरीफुरी प्रदर्शन हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *