निर्वाचन प्रणाली नफेरिए थप संकट निम्तिन्छ: उपेन्द्र यादव – Nepal Press

निर्वाचन प्रणाली नफेरिए थप संकट निम्तिन्छ: उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली नफेरिए मुलुकमा थप संकट निम्तिने बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । वर्तमान निर्वाचन प्रणाली मुलुकका लागि घातक रहेको तर्क गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानुपर्ने बताए ।

यादवले भने, ‘गलत प्रणालीकै कारण निर्वाचन महँगिदै गएको छ । जसका कारण योग्य र इमान्दार व्यक्तिहरु राजनीतिबाट पलायन हुन्छ र माफियाहरु हावी हुनेछन् । त्यसैले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ ।’

निर्वाचन आउन लागेकाले ठूला ठेकेदार र पैसावालाहरूको बोलवाला बढ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । करौडों खर्चेर चुनाव जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने उनको भनाई छ ।


प्रतिक्रिया

One thought on “निर्वाचन प्रणाली नफेरिए थप संकट निम्तिन्छ: उपेन्द्र यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर