‘प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय भएको छैन, न्यायाधीशले बारसहितको छलफल बहिस्कार गर्नु निन्दनीय’ – Nepal Press

‘प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय भएको छैन, न्यायाधीशले बारसहितको छलफल बहिस्कार गर्नु निन्दनीय’

काठमाडौं । नेपाल बार एशोसियसनले बारसहितको फुलकोर्ट बैठक बहिस्कार गर्ने १४ न्यायाधीशको निर्णयलाई निन्दनीय भनेको छ । बार एशोसियसनको सोमबार बसेको बैठकले बार र बेन्चबीचको सम्बन्धमा यस्ता क्रियाकलापले सहयोग नपुग्ने निष्कर्ष निकालेको कोषाध्यक्ष रुद्र पोखरेलले बताए ।

आइतबार प्रधानन्यायाधीशसँग बारको टोलीले भेट गर्दा बार प्रतिनिधिसहित फुल कोर्ट बैठक राखेर स्वचालित पेशी तथा बरिष्ठ अधिवक्ताको उपाधी सम्बन्धी निर्णय अघि बढाउने सहमति भएको थियो ।

तर बरिष्ठतम न्यायाधीश दिपक कार्कीसहितका न्यायाधीशले फुलकोर्ट बहिस्कार गरेकोमा बारले निन्दनीय भनेको हो । पोखरेलले बारले प्रधानन्यायाधीशको राजीनामा मागेको भनेर आएको समाचार पनि गलत भएको बताए ।

पोखरेलले नेपाल प्रेससँग भने- आज भएको निर्णय भनेको भोलि सल्लाहकारसहितको बैठक बस्ने र बारसँगको छलफलमा नबस्ने न्यायाधीशहरुको निर्णयको निन्दा गर्ने हो । प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय बारले संस्थागत रुपमा गरेको छैन, व्यक्तिका कुरा आ-आफ्ना छन् ।

बार सल्लाहकारसहितको बैठक भोलि बस्दैछ । सल्लाहकारमा पूर्व अध्यक्ष, उपाध्यक्ष, महासचिव, पूर्व महान्यायाधिवक्ताहरु र न्यापरिषदका पूर्व सदस्यहरु रहने गर्छन् । स्रोतका अनुसार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशको राजिनामा मागे पनि संस्थागत निर्णय भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर