न्यायाधीशको जुधाइमा जनताको मिचाइ–सर्वोच्चमा सबै इजलास बंक – Nepal Press

न्यायाधीशको जुधाइमा जनताको मिचाइ–सर्वोच्चमा सबै इजलास बंक

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् । आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।

प्रधानन्यायाधीशविरुद्ध बरिष्ठतम न्यायाधीशहरुले थालेको अभियान अब इजलास बंकमा पुगेको छ । न्यायाधीशको जुधाइमा जनताको मिचाइ भएको भन्दै कानून व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्टको बैठक बहिस्कार गरेका न्यायाधीशहरु विहानदेखि नै अलग्गै बैठक बसिरहेका छन् । त्यसैले गर्दा आज कुनै पनि मुद्दामा सुनुवाई हुन नसकेपछि मुद्दासँग सम्बन्धित सर्वसाधारण अदालत परिसरमा डुलिरहेका छन् ।

खाजा समयसम्म इजलास नबसेपछि आज अब न्यायाधीशहरु इजलासमा फर्किने सम्भावना कम छ । सर्वोच्च अदालतमा यस्तो विग्रहको अवस्था विरलै हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर