परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशकद्वारा राजीनामा – Nepal Press

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशकद्वारा राजीनामा

काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई राजीनामा बुझाएका हुन् । सभामुख अग्नी सापकोटाका छोरा समेत रहेका उनी भूराजनीतिक मामिलाका जानकार हुन् ।

दुईवर्षे कार्यकाल रहेपनि उनले त्यस अगावै राजीनामा दिएका हुन् । उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक २४ मा नियुक्त गरेको थियो । आफ्नै इच्छा अनुसार पदबाट राजीनामा दिएको उनले जनाएका छन् ।

उनले आफू पदमा रहँदा संस्थालाई बलियो बनाउनको लागि त्यसको पुनः संरचना र अन्य आवश्यक प्रशासनिक विषयमा काम गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर