नोउ क्याम्पमा रियल मड्रिड हावी – Nepal Press

नोउ क्याम्पमा रियल मड्रिड हावी

एजेन्सी । सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ । ला लिगाको अंकतालिकामा यो हारले बार्सिलोना आठौं स्थानमा छ र उसलाई दबाब बढिरहेको छ ।

सन् २००४ पछि बर्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका महान सर्जियो रामोसविनाको पहिलो एल क्लासिको हो यो । दुवै महान खेलाडी यही सिजनको सुरुआतमा फ्रेन्च क्लब पीएसजी पुगेका थिए ।

पहिलो हाफमा डेभिड अलावाले काउन्टर एट्याकमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । यो सिजन रियलमा अनुबन्ध भएका हुन् ।

लुकास भाज्क्वेजले खेलको इन्जूरी समयमा गोल गरी जित निश्चित गरेका हुन् । खेलको अन्तिम सेकेण्डमा बार्सिलोनाका लागि सर्जियो एग्यूरोले सान्त्वना गोल फर्काए । यो सिजन बार्सिलोनामा अनुबन्धित भएपछि दोस्रो खेल खेलेका एग्युरोले ला लिगामा पहिलो गोल गरेका हुन् ।

यो हारले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानमाथिको दबाब अझै बढेको छ । बार्सिलोनामा मेस्सीको बहिर्गमनसँगै सुरु भएको खराव समय अझै सकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *