महाधिवेशन २-४ दिन यताउता भएर फरक पर्दैन: देउवा – Nepal Press

महाधिवेशन २-४ दिन यताउता भएर फरक पर्दैन: देउवा

पाँचथर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २-४ दिन अघिपछि भएपनि कांग्रेसको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको बताएका हुन् ।

‘महाधिवेशन तोकिएकै मितिमा गर्ने हो । २-४ दिन यताउता भएर केही फरक पर्दैन’, देउवाले भने । उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्नसमेत निर्देशन दिएका छन् । ‘पार्टीभित्र सकभर सहमति गरौ, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकोले जितेकोलाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन’, देउवाले भने ।

सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने भन्दै देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताए । ‘विपदमा परेका जनतालाई सरकारले हेर्छ । त्यसैले म आएको हुँ’, देउवाले भने । त्यसअघि प्रधानमन्त्री देउवाले पाँचथर र इलामका प्रकोप प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर