प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवलाई ओलीको चुनौती : हामीले टाँसिदिएको जुँगामा ताउ नलगाऊ, अर्को चुनाव जितेर देखाऊ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् । नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै उनले अब एमालेमा उनको स्थान नभएको बताए ।

झापामा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

‘संसदमा एक-दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ? जनताले भन्नेछन्- जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’

माधव नेपाललाई अपराधिक तत्वको संज्ञा दिँदै ओलीले उनलाई एमालेमा अब कुनै स्थान नरहने बताए ।

‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन । यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी-विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भने ।

माधव नेपालको पछि लागेका दुई-चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर