नेपाल अटोमोवाइल्स एशाेसिएसनको युवा नीति सार्वजनिक – Nepal Press

नेपाल अटोमोवाइल्स एशाेसिएसनको युवा नीति सार्वजनिक

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले आफ्नो यूवा तथा महिला सम्बन्धि रणनीति सार्वजनिक गरेको छ । नेपालमा बिगत १२ वर्ष देखि मोटर/मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा काम गरिहेको छ ।

संघले लामो छलफल र अध्ययन पश्चात यस रणनीति सार्वजनिक गरेको हो । एफाईएको यूवा नीतिलाई आधार मानेर तयार गरिएको नासा नेपालको यूवा नीतिमा यूवा क्लब तथा ग्रुप निर्माण गर्ने, कार्यक्रमहरुमा २० प्रतिशत यूवा को ग्यारेन्टी, यूवा का एजेन्डालाई योजना र कार्यक्रममा समावेस गर्ने, उमेर समुहमा आधारित कार्यक्रम संचालन गर्ने, संगठनका कमिटीमा यूवाको सकृय सहभागिता र स्कुल र कलेज आधारित कार्यक्रमहरु, शिप सम्बन्धि तालिम र शिक्षा, बालिका र विशेष क्षेत्र आधारित कार्ययोजहरु अगाडि बढएको छ ।

संघले ५ सदसीय यूवा टिम समेत तयार गरेको छ । खेलकुद देखि पर्यटनसम्म सडक सुरक्षा देखि मोटरसाइक्लिस्टको रक्षा समेतमा क्रियाशील नासा नेपाल को यस कार्यले यूवालाई नेतृत्व तहमा स्थापित गर्ने कार्यमा मद्धत पुग्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *