इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन – Nepal Press

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा लामाको निधन

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्ष मीरा लामा अधिकारीको निधन भएको छ । कांग्रेस जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत रहेकी मीराको बोन म्यारोमा देखिएको क्यान्सरका कारण निधन भएको हो ।

उनको पार्थिव शरीरलाइ जोरपाटीको माकलबारीस्थित गुम्बामा श्रद्धान्जलीका लागि राखिएको छ । आइतवार अन्त्यष्टी हुने भएको छ । ६१ वर्षीया मीराको निधनप्रति गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर