धनगढी पुगेर रामचन्द्र पौडेलले भने: अर्ली निर्वाचन सम्भव छैन – Nepal Press

धनगढी पुगेर रामचन्द्र पौडेलले भने: अर्ली निर्वाचन सम्भव छैन

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन तत्काल सम्भव नभएको बताएका छन् । शनिबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुगेका बरिष्ठ नेता पौडेलले अर्ली निर्वाचन असम्भव रहेको बताए ।

‘अहिले अर्ली निर्वाचनाम जाने कुरा विरोधाभास र असम्भव छ,’ उनले भने,‘हाम्रै पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुन:स्थापना भएर सरकार बनेको छ, अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो हैन ।’

यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उनले बताए । महाअधिवेशन तोकिएकै समयमा हुने उनले दाबी गरे ।

‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन, उनले भने, ‘चाँडो टुंगाएर प्रकृया अगाडि बढाउनु पर्छ ।’

सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताए । उनले भने, ‘सरकारलाई राहतका लागि पनि दबाब दिनेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर