इङ्लिस प्रिमियर लिग: आर्सनलसँग एस्टन भिल्ला पराजित – Nepal Press

इङ्लिस प्रिमियर लिग: आर्सनलसँग एस्टन भिल्ला पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको लन्डन डर्बीमा आर्सनलले एस्टन भिल्लालाई ३–१ गोलको नतिजामा पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि तीन फरक खेलाडीले गोल गरे ।

भ्रमणकारी भिल्लामाथि हाबी बनेको आर्सनलका लगि थोमस पार्टेले २३औं मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समय सकिन लाग्दा कप्तान पिएर एम्रिक अबामियाङले गरेको गोलसँगै घरेलु टोलीले अग्रता दोब्बर पारेको थियो ।

दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक फुटबललाई निरन्तरता दिएको आर्सनलका लागि ५६औं मिनेटमा एमिल स्मिथ रोवले तेस्रो गोल गरेका थिए ।

खेलमा फर्किने आशा मरिसकेको भिल्लाका लागि ८२औं मिनेटमा ज्याकोब राम्सेले सान्तवना गोल फर्काएका थिए ।

जितसँगै आर्सनल ९ खेलमा १४ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित भिल्ला समान खेलबाट १० अंकसहित १३औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *