एक अर्ब जनसंख्यालाई खोप लगाएकोमा मोदीलाई देउवाको बधाइ

२०७८ कार्तिक ५ गते २१:५३

काठमाडौँ । एक अर्ब जनसंख्यालाई कोभिड-१९ विरुद्धको खोप लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाइ दिएका छन् ।
देउवाले ट्वीटरमार्फत मोदीलाई शुक्रबार बेलुका बधाई दिएका हुन् । एक अर्ब जनतालाई खोप लगाउनुलाई भारतले उल्लेखनीय उपलब्धी गरेको उल्लेख गर्दै यसले छिमेक र बाहिर पनि सुरक्षा सुनिश्चित गर्न ठूलो सहयोग गरेको देउवाले बताएका छन् ।
खोप अभियान र संक्रमण रोकथामका लागि भारतले नेपाललाई गरेको सहयोगको लागि पनि देउवाले धन्यवाद दिएका छन् । कांग्रेस महामन्त्री शशांक कोइराला भारत जानुभन्दा एक दिनअघि मात्रै देउवाले मोदीलाई यस्तो बधाई दिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर