एमाले महाधिवेशन मूल समितिले पायो पूर्णता- बादल संयोजक, सुरेन्द्र पाण्डे सहसंयोजक (सूचीसहित) – Nepal Press

एमाले महाधिवेशन मूल समितिले पायो पूर्णता- बादल संयोजक, सुरेन्द्र पाण्डे सहसंयोजक (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई जिम्मा दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

स्थायी कमिटीको शुक्रवार बसेको बैठकले मूल व्यवस्थापन समितिमा स्थायी कमिटीका केही नेतासहित सातै प्रदेशबाट एक एकजना प्रतिनिधि थपेर पूर्णता दिएको हो ।

समितिमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराईसहित स्थायी कमिटी सदस्य रघुवीर महासेठ, छबिलाल विश्वकर्मालाई पनि थपिएको छ । समितिको सदस्यमा काशिनाथ अधिकारी, भानुक्त ढकाल, यमलाल कडोल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन् । एक सदस्य पछि थपिने ज्ञवालीले जानकारी दिए ।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर