मोतीपुर घटनामा मानवअधिकारकर्मीको चासो – Nepal Press

मोतीपुर घटनामा मानवअधिकारकर्मीको चासो

रूपन्देही । रूपन्देहीको मोतीपुरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा भएको हालैको घटनाका सम्बन्धमा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महतको नेतृत्वमा बार एसोसिएसन र एड्भोकेसी फोरमको संयुक्त टोलीले मोतीपुरमै आएर चासो लिएको छ । उक्त टोलीले बिहीबार मोतीपिर घटनामा मारिएकाका परिवारसंग भेटघाट गर्नुका साथै घटनाका बारेमा जानकारी लिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।

स्थलगत अनुगमनमा नेपाल बार एसोसिएसनका केन्द्रीय वरिस्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ र एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमलगायत सहभागी थिए ।

उक्त टोलीले मोतीपुर घटनामा मारिएका वीरेन्द्र कुर्मीलगायतका परिवारसँग छलफल गरेको थियो । कुर्मीको परिवारले बाटोमा हिंडेका बेलामा वीरेन्द्र हुलमुलमा परेर मारिएको बताउँदै आएको छ ।

मानवअधिकार टोलीले मोतीपुर घटनाकै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सञ्चारकर्मीलगायतसँग पनि भेटघाट गर्नेभएको छ ।

प्रस्तावित औद्योगिक क्षेत्रको सार्वजनिक जग्गामा केही व्यक्तिले समूह बनाएर कब्जा गर्न थालेपछि तिनलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रहरीमाथि नै आक्रमण र पेट्रोल बम प्रहार भएपछि प्रहरीले बाध्य भएर गोली चलाएको बताएको थियो । सोही क्रममा गोली लागेर चार जना सर्वसाधारणको ज्यान गएको थियो भने कैयौं प्रहरी घाइते भएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा हालै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर