हिरोको नयाँ स्कुटर ‘माएस्ट्रो एज ११०’ सार्वजनिक – Nepal Press

हिरोको नयाँ स्कुटर ‘माएस्ट्रो एज ११०’ सार्वजनिक

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।

हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता जनरल मार्केटिङ प्राइभेट लिमिटेडले बिहीवार पत्रकार सम्मेलन गर्दै माएस्ट्रो एज ११० सार्वजनिक गरेको हो ।
यस नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरु उपलब्ध गराउने तथा यसमा टर्न–बाइ–टर्न नेभिगेसन भएकाले सवारी चलाएर अगाडी बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्ने जनाइएको छ ।

रातो र नीलो रंगमा स्कुटर आउने बताइएको छ । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडका अध्यक्ष अभिक ज्योतिले नयाँ फिचरसहितको यसप्रकारको स्कुटरलाई युवा वर्गका उपभोक्ताले रुचाउने अपेक्षा लिएको बताए ।

माएस्ट्रो एज ११० को मुल्य २ लाख १५ हजार रुपैयाँ रहेको बताइएको छ । यसमा आई थ्रि एस स्टार्ट स्टप सिस्टमले इनधन बचत गर्न मद्दत गर्ने तथा बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । त्यसैगरी माएस्ट्रो एज ११० बि एस फोर अनुरुपको ११० सीसी इन्जिनद्वारा सञ्चालित रहेको र ७५०० आरपीएममा ८ बीएचपीको ऊर्जा प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर