मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता शनिबारदेखि, विजेताले ५ लाख पाउने – Nepal Press

मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता शनिबारदेखि, विजेताले ५ लाख पाउने

काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पूर्व राष्ट्रिय फुटबल खेलाडीहरूको संस्था फुटबलर्स मिसनले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।

कात्तिक १६ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट पद्धतिमा हुने र २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । सहभागी २१ टोलीलाई सात समूहमा विभाजन गरेर समूह विजेतासँगै उत्कृष्ट उपविजेता टोलीलाई अन्तिम आठमा छनोट गरिने आयोजकले बताएको छ ।

हरेक टोलीमा २० खेलाडी हुने र तीमभ्ये ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी र बाँकी खेलाडी ४० वर्षभन्दा माथिका हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेल ६० मिनेट (एक हाफ ३०)को हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार दिने आयोजकले बताएको छ ।

प्रतियोगिताको अयोजनका लागि एन्फा, ललितपुर महानगरपालिकासँगै नगार्जुन नगरपालिका, भक्तपसर ठिमी र गोदावरी नगरपालिको सहयोग रहेको आयोजकले बताएको छ ।

प्रतियोगिताका खेल हेर्न दर्शकका लागि भीआईपी प्यारापिटतर्फ एक सय रूपैयाँ र साधारणतर्फ ५० रूपैयाँ तोकिएको छ ।

प्रतियोगिताबाट उठेको पैसाले अक्षय कोष बनाएर फुटबलका पूर्व खेलाडी, प्रशिक्षक तथा रेफ्रीको स्वास्थ्य बीमा गर्ने योजना रहेको फुटबलर्स मिसन टुगेदरले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर