प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी – Nepal Press

प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी

जनकपुरधाम । बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ ।

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पु¥याएको क्षतिको विवरण संकलन सुरु भइसकेको जानकारी दिदैं उनले विवरण संकलनमा सहयोग गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

धान काटेर भित्र्याउन राखेको पाजा (पसही) वर्षाको पानीले खेतमै डुबेपछि किसानहरु आर्थिक र मानसिक तनाबमा परेको मन्त्री यादवले बताए । उनले भने,‘मेहनत र लगानी डुब्ने चिन्ताले किसानलाई सताएको छ । किसानको यो पीडा हामीले बुझेका छौं । प्रदेश सरकार किसानको साथमा छ । क्षतिको विवरण आएलगत्तै उचित क्षतिपुर्ति उपलब्ध गराउछौं ।’

प्रदेश २ मा ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको थियो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण करिब २५ प्रतिशत धानबालीमा क्षति पुर्‍याएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर