यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज – Nepal Press

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन् ।

पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ छ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षबाट तीन लाख रुपैयाँ राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताए । प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमाका दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गरे ।

आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *