प्रधान सेनापति र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूतबीच भेटवार्ता – Nepal Press

प्रधान सेनापति र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *