पहिरोले घर पुर्दा बझाङमा ६ जनाको मृत्यु, २१ जना बेपत्ता – Nepal Press

पहिरोले घर पुर्दा बझाङमा ६ जनाको मृत्यु, २१ जना बेपत्ता

कैलाली । पहिरोले घर पुरिँदा बझाङमा ६ जनाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका-६ कि ६३ वर्षीय धनराज जोशी, रनिआग्री- ५ का बिरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ ।

यस्तै थलारा गाँउपालिका- ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुईजनाको शव फेला परेको छ ।

बेपत्ता २१ जनाको खोजी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *