मानवअधिकार आयोगले भन्यो : विपद्पीडितलाई उद्धार, राहत तथा क्षतिपूर्ति देऊ – Nepal Press

मानवअधिकार आयोगले भन्यो : विपद्पीडितलाई उद्धार, राहत तथा क्षतिपूर्ति देऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढीपहिरो प्रभावितको खोज, उद्धार, तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै विपद्को अवस्थामा आवश्यक संघ, प्रदेश तथा स्थानीय तहलगायत अन्य सरोकारवालाबीच समन्वय र सहकार्य गर्दै तीव्रताका साथ जुट्न आयोगले आग्रह गरेको छ ।

तीन दिनदेखिको वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे अनुगमन गरिएको आयोगले जनाएको छ ।

बाढीपहिरोबाट डोटी, डडेल्धुरा, बैतडी, बझाङ, हुम्ला, कालिकोट, धनकुटा, पाँचथर, इलाम, कैलाली, कञ्चनपुर, नवलपरासीलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र धानवालीलगायत कृषिजन्य उत्पादन र पशुपञ्छी नष्ट भएको ठहर गर्दै आयोगले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊधनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्तिलगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर