कांग्रेस नेता महतको मत– अरुसँग मिलेर होइन, कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ – Nepal Press

कांग्रेस नेता महतको मत– अरुसँग मिलेर होइन, कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्छ

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले आगामी चुनावमा अरु दलसँग मिलेर नभइ एकजुट भएर कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने मत व्यक्त गरेका छन् ।

‘५–१० दल मिलेर सरकार चलाउने कुरा सजिलो छैन’, महतले भने, ‘कांग्रेस एक्लैले बहुमत ल्याउनु पर्छ । हाम्रो ध्यान त्यतै केन्द्रित भएको छ ।’

आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सय दिनमा उल्लेख्य काम गरेको भन्दै चुनावमा कांग्रेसले बहुमत ल्याउने दावी गरे ।

उनले देशभर बाढी तथा पहिरोका कारण भएको क्षतिको मूल्यांकन गरेर राहत दिन पनि सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर