सुदूरपश्चिम प्रदेशमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै – Nepal Press

सुदूरपश्चिम प्रदेशमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अहिले ३ः३० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आइतबार देखि परेको झरीले सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रभावित भएका छन् । अहिले सम्म तीन जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ नागरिक नदीको बिच भागमा अलपत्र परेका छन् ।

बैठकमा विपद‍्बाट हुने क्षति न्यूनीकरण गर्ने, राहत र क्षतिपूर्तिका विषयमा समेत निर्णय हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर