लाकाजेटको गोलमा आर्सनल हारबाट जोगियो – Nepal Press

लाकाजेटको गोलमा आर्सनल हारबाट जोगियो

काठमाडौं । इन्जुरी समयमा एलेक्जेन्डर लाकाजेटले गरेको बराबरी गोलसँगै इङ्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल हारबाट जोगिएको छ । घरेलु मैदानमा क्रिस्टल प्यालेससँग २–१ गोलले पछाडी परेको आर्सनलका लागि लाकाजेटले इन्जुरी समयको पाँचौं मिनेटमा बराबरी गोल फर्काए ।

त्यसअघि खेलको आठौं मिनेटमा आर्सनलले कप्तान पेरी एम्रिक अबामियाङको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडि रहेको आर्सनलविरुद्ध प्यालेसका क्रिस्टियन बेन्टेकेले ५०औं मिनेटमा गोल फर्र्काएका थिए ।

दोस्रो हाफको सुरुआतमै बराबरी गोल फर्काएको भ्रमणकारी प्यालेसका लागि ओड्सोन इडोवार्डले ७३औं मिनेटमा गोल गर्दै १–२ गा्ेलको अग्रता दिलाएका थिए ।

घरेलु मैदानमा हार नजिक पुगिसकेको आर्सनलका लागि लाकाजेटले इन्जुरी समयमा गरेको ‘रेस्क्यु’ गोल बन्यो । लाकाटेट ६७औं मिनेटमा मार्टिन ओडेगार्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

बराबरीसँगै ८ खेलबाट ११ अंक जोडेको आर्सनल अंक तालिकाको १२औं स्थानमा धकेलिएको छ । यस्तै प्यालेस समान खेलबाट ८ अंकसहित १४औं स्थानमा छ ।

आठ खेलबाट १९ अंक जोडेको चेल्सी लिग तालिकाको शीर्ष स्थानमा रहँदा समान खेलबाट १८ अंकसहित लिभरपुल दोस्रो तथा १७ अंकसहित म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *