स्वदेश फर्किए साफ उपविजेता नेपाली टोली – Nepal Press

स्वदेश फर्किए साफ उपविजेता नेपाली टोली

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टिम सोमबार बिहान ९ बजे स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी लगायतले भव्य स्वागत गरे । साथमा फुलबल समर्थकहरुको पनि उपस्थिति थियो ।

यसअघि फाइनलमा भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएपछि समर्थकलाई सम्बोधन गरी नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको स्वागतमा विमानस्थल पुग्न आग्रह गरेका थिए ।

नेपाली टोली साफ इतिहासमा पहिलोपल्ट फाइनलमा पुगेको हो । उपाधि लक्ष्यमा भारत बाधक रहे पनि नेपालले उत्कृष्ट शैलीमा फुटबल खेलेकोमा सबैले प्रशंसा गरेका छन् ।

पाकिस्तान र भुटान सहभागी नभएपछि ५ टोलीबीच भएको प्रतिस्पर्धामा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *