अबैध सम्बन्ध लुकाउन श्रीमानको हत्या, श्रीमतीसहित चार जना पक्राउ – Nepal Press

अबैध सम्बन्ध लुकाउन श्रीमानको हत्या, श्रीमतीसहित चार जना पक्राउ

कैलाली । कैललीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती अमृता चाैधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

अबैध सम्बन्धका कारण श्रीमतीकै योजनामा श्रीमानको हत्या गरेको प्रहरी स्रोतले बतायो । पक्राउ परेका सबै दोषी भए नभएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर