साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई कुस्मा नगरपालिकाको २ लाख पुरस्कार


काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वतको कुस्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
हिजो राती सम्पन्न फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि नेपाली टोली उपाधि जित्न चुकेको थियो । तर नेपाल पहिलोपल्ट साफ च्यामिपयनसिपको फाइनलमा पुगेको हो ।
कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जानकारी दिए ।
नेपाली टोली भोलि विहान स्वदेश फर्किँदैछ ।
https://www.facebook.com/100064758544242/posts/246486517519965/