दसैंमा कस्तो मेकअप गर्ने ? (टिप्स) – Nepal Press

दसैंमा कस्तो मेकअप गर्ने ? (टिप्स)

दसैं होस् वा तीज या अरु कुनै पर्व मेलामा सफा र चिटिक्क हुन मन सबैलाई हुन्छ । तर धेरैलाई चाडपर्वमा कस्तो मेकअप गर्ने भन्ने चिन्ताले सताउने गर्छ ।

दसैं असोज कात्तिक महिनामा पर्छ । यो समयमा न गर्मी न जाडो हुन्छ । यसैले मेकअप गर्दा पसिनाले निथु्रक्क भिजेर लतपतिने समस्या हुँदैन भने जाडोले अनुहार खुम्चने पनि हुँदैन ।

त्यसैले यो समयमा तपाईंले गरेको मेकअपले अझ सुन्दर देखाउँछ । दसैंमा निधारमा टीका र कानमा जमरा लगाउनुपर्ने भएकाले हभी मेकप नगरे पनि हुन्छ । हल्का मेकअपले पनि तपाईंलाई सुन्दर देखाउन सक्छ ।

कसरी गर्ने मेकअप ?

मेकअप गर्नुअघि हामीले फेसको सफाइ गर्नुपर्छ । शुरुमा चिसो वाइपस वा मस्चराइजरले अनुहारलाई राम्ररी सफा गर्ने । अनुहार सफा भइसकेपछि टोनर प्रयोग गर्नुपर्छ । टोनरले अनुहारको छालामा भएका सानासाना दागलाई पुर्ने काम गर्छ ।

टोनर चाहिँ हामीले दैनिक फेसवास र क्लिन्जिङ गरेपछि प्रयोग गर्न सक्छौं । यसरी टोनरले क्लिन्जिङ गर्दा छाला सुख्खा छ भने फेस सिरम प्रयोग गर्न सकिन्छ । फेस क्लिन्जिङ गरेपछि मस्चराइजिङ क्रिम लगाउनु पर्छ । मस्चराइजिङपछि सन्सक्रिम लगाउने । यति गरिसकेपछि मेकअप गर्ने पालो आउँछ ।

मेकअपलाई दिनभर अड्याइ राख्नका लागि फेस प्राइमरको प्रयोग गर्न सक्छौं । यसपछि अनुहारमा डाइरेक्ट फाउण्डेसन पनि प्रयोग गर्न सकिन्छ । शुरुमा आँखाको मेकअप गर्दा आइस्याडो गर्नुपर्छ । आइस्याडोभन्दा अघि चाहिँ आई प्राइमर लगाउनु राम्रो ।

आई प्राइमरले आईस्याडोलाई लामो समयसम्म नबिगारी राख्न सक्छ । चाँडपर्वमा मेकअप गर्दा पार्टीमा गर्ने जस्तो हेब्बी मेकअप गर्नुपर्दैन् । हल्का मेकअप गर्ने भएकाले आँखामा आइस्याडो लगाउँदा पनि म्यूड कलर लगाउनु पर्छ । आइस्याडो लगाउँदा हल्का स्किन र ब्राउन कलर लगाउनु पर्छ । यसमा कसैलाई गाजल ल्याउन मन छ भने तलमाथि लगाउन सकिन्छ । गाजल लागइसकेपछि फाउण्डेसन लगाउन मिल्छ ।

फाउण्डेशन लगाउनुअघि हामील सानासाना दाग वा आँखामुनिको कालो भागलाई हटाउनका लागि कन्सुलर प्रयोग गर्नुपर्छ । मेकअप गर्दा ब्रस वा स्पन्ज प्रयोग गर्न सक्छौं । फाउण्डेशन लगाइसकेपछि लुज पाउडर प्रयोग गर्नुपर्ने हुन्छ । लुज पाउडर प्रयोग गरिसकेपछि जेल लाइनर लगाउन सक्छौं ।

यसपछि फेस कटिङ गर्नुपर्छ, यसले मेकपलाई सेपमा ल्याउँछ । फेस कटिङपछि ब्लसर प्रयोग गर्नुपर्छ । ब्लसर प्रयोग गर्दा दिनमा चाहिँ चम्किलोभन्दा पनि थोरै मधुरो कलर प्रयोग गर्न सक्छौं ।

त्यसपछि थोरै हाइलाइटर प्रयोग गर्न सकिन्छ । तर, दिनमा प्रयोग नगर्दा पनि हुन्छ । यसपछि अनुहारलाई सुहाउँदो लिपिष्टक लागाउनु पर्छ । अन्त्यमा सेतो पाउडरले फिनिसिङ दिनुपर्छ । यसरी दशैंमा तपाईंले घरमा नै मेकअप गरेर आफ्नो सौन्दर्यमा अझ निखार ल्याउन सक्नुहुनेछ ।

(ब्यूटीसियन गुरुङसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर