साफ च्याम्पियनसिप: नेपालविरुद्ध बंगलादेशले लियो अग्रता


काठमाडौं । साफ च्याम्प्यिनसीप अन्तरगत आज जारी नेपाल र बंगलादेशविरुद्धको म्याचमा बंगलादेशले अग्रता लिएको छ । खेल सुरु भएको नवौँ मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लिएको हो ।
बंगलादेशका सुमन रेजाले खेलको सुरुवाती गोल गरेका हुन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।
पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाउन नेपाललाई आजको म्याच निर्णायक छ । फाइनल प्रवेशका लागि नेपालले कम्तिमा बराबरी नतिजा निकाल्नुपर्ने हुन्छ । अंकतालिकाको शीर्षस्थानमा रहेको बंगलादेश पनि नेपालमाथि जित हासिल गरेर फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गोल गरेका हुन् । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए ।