मुगु दुर्घटना : ओभरलोडले बस अनियन्त्रित बनेको अनुमान, सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा – Nepal Press

मुगु दुर्घटना : ओभरलोडले बस अनियन्त्रित बनेको अनुमान, सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा

काठमाडौं । दसैंको फुलपातिका दिन मुगुमा भएको बस दुर्घटनामा कम्तिमा २६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाको कारण स्पष्ट हुन बाँकी रहेको भए पनि ओभरलोडले गर्दा अनियन्त्रित भएर बस खसेको अनुमान गरिएको छ ।

सुर्खेतबाट मुगुको सदरमुकामा गमगढीका लागि गएको भे १ गख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा रहेका मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर हरीजंग शाहीका अनुसार बस माथिल्लो बाटोबाट ढुन्मुनिएर तलको सहायक बाटोमा खसेको थियो । करिब दुई सय मिटर तल खसेको बस पूर्णरुपमा क्षतिग्रस्त छ ।

मेयर शाहीले भने, ‘बसमा क्षमताभन्दा अत्यधिक संख्यामा यात्रुहरु कोचिएको जस्तो देखिएको छ । धेरै वजनका कारण साँघुरो मोडमा टर्न लिन नसकेपछि तल खसेको हुन सक्छ ।’

अहिले घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर उद्दारका लागि पुगेको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयवासी पनि उद्दारमा सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर