सप्तरीको छिन्नमस्ता मन्दिरको डिजिटल दानपेटिका – Nepal Press

सप्तरीको छिन्नमस्ता मन्दिरको डिजिटल दानपेटिका

इटहरी । विभिन्न सपिङ सेन्टर, धेरै कारोबार हुने रेस्टुरेन्ट तथा क्याफेहरुमा डिजिटल पेमेन्ट हुनु सामान्य कुरा हो । सप्तरीको छिन्नमस्ता मन्दिरमा पनि डिजिटलदान पेटिका राखिएको छ ।

भक्तजनहरुले क्यु आर कोड स्क्याcन गरेर आफ्नो इच्छाअनुसार दान गर्न सक्छन् । मन्दिरका आसपास विभिन्न रुख तथा भित्ताहरुमा क्यु आर कोड राखिएको छ । त्यहि कोडलाई स्मार्ट फोनबाट स्क्यान गरेर भक्तजनहरुले दान दिने गर्छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका- ३ मा अवस्थित यो मन्दिरमा बिगत दुई महिना देखि डिजिटल दानपेटिका सुरु भएको छ । मन्दिरका प्रमुख महन्त महाकान्त ठाकुरका अनुसार नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आउने युवा भक्तजनहरुले डिजिटल दान पेटिका राख्न धेरै अगाडिबाट माग गरेका थिए ।

उनीहरुको माग सम्बोधन गर्नकै लागि डिजिटल दान पेटिका राखिएको ठाकुररले नेपाल प्रेसलाई बताए ।उनले भने, ‘नेपाली र भारतिय दुवै देशका भक्तजनहरुले यो दानपेटिकालाई प्रयोग गर्नु भएको छ ।’ आठ पुस्ताबाट मन्दिरसँग जोडिएको बताएका ठाकुरले यो नयाँ प्रयोगले धेरैको चासो बढेको बताए ।

छिन्नमस्ता गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपक मेहेताले डिजिटल दानपेटिका प्रयोग हुनु राम्रो भएको बताए । नयाँ जमानामा नयाँ तरिकाले जानु राम्रो भएको मेहेताको भनाइ छ । पूर्वपश्चिम राजमार्गको रुपनगरबाट २० किलोमिटर दक्षिण तथा सप्तरी सदरमुकाम राजविराजबाट १० किलोमिटर दक्षिणको छिन्नमस्ता मन्दिरमा पुग्न सकिन्छ ।

छिन्नमस्ता मन्दिरलाई धेरैले सखडा मन्दिरको रुपमा समेत चिन्ने गर्छन । भगवतीको पूजा, आराधाना र भाकल हुने मन्दिरमा नेपाली र भारतीयको बाक्लो भीड लाग्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर