सोमबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, देशभर ७८५ संक्रमित थपिए – Nepal Press

सोमबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, देशभर ७८५ संक्रमित थपिए

काठमाडौं उपत्यकामा २२७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७८५ जनालाई कोरानाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाको परीक्षण भएकोमा त्यति जनालाई संक्रमण पुष्टि भएको हो ।

आजको दैनिक संक्रमण दर ६.४३ प्रतिशत छ ।

यस्तै सोही अवधिमा ८८८ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २२७ जना छन् । काठमाडौंमा १९१,ललितपुरमा ७८ र भक्तपुरमा २६ जनालाई संक्रमण पुष्टि भएको छ ।

अहिले सक्रिय संक्रमित १४ हजार ७८७ जना छन् जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा छन् भने ३१४ जना आइसियु र १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

अहिलेसम्म नेपालमा ८ लाख ९५ हजार ९७७ जनालाई संक्रमण पुष्टि भएकोमा ७ लाख ७६ हजार ८३१ जना निको भएका छन् भने ११ हजार २४३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर