एमाले अध्यक्ष ओलीले यसवर्ष टीका नलगाउने, नवमीको दिन झापामा जलपान समारोह – Nepal Press

एमाले अध्यक्ष ओलीले यसवर्ष टीका नलगाउने, नवमीको दिन झापामा जलपान समारोह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन् ।

पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए ।

अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । बुबा मोहनप्रसाद ओली झापामै छन् । ओलीले नवमीको दिन भने गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेका छन् ।

कोरोना महामारीका कारण एमालेले हरेक वर्ष गर्दै आएको दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा हुने चियापान समारोह पनि नगर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *