बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यू आदेश – Nepal Press

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यू आदेश

रुपन्देही । सुकुम्बासीका नाममा मोतिपुर औद्योगिक क्षेत्र कब्जा गर्न पुगेको समूहबीच झडपपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप-महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको लागि कर्फ्यू लगाएको बताका छन् ।

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपमनपा- १७ निगरदेखि वडा नम्बर १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतियोग्य जमिन (बुटवल उपमहानगरपालिका-१७) उत्तर-शिवनगरबस्ती बुटवल उपमहानगरपालिका- १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहिया सम्म) लाई चार किल्ला तोकेको छ ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोलीबाट ३ जना स्थानीय र ३ जना सशस्त्र प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर