जनजाति महासंघका अध्यक्ष वराम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८ असोज २४ गते १२:१४

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वराम नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । गोरखाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका वराम ठूलो मतान्तरमा पराजित भएका हुन् ।
जनजाति महासंघको बहालवाला अध्यक्ष रहेका बेला उनले पार्टीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकोमा महासंघभित्रै पनि प्रश्न उठेको थियो । वराम शेरवहादुर देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिए ।
तर गोरखामा अधिकांश संस्थापन इतर पक्षका प्रतिनिधिले चुनाव जितेका छन् । बराम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट खुलातर्फको महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर