त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा दसैंमा घर जानेको भीड (तस्बिरहरु) – Nepal Press

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा दसैंमा घर जानेको भीड (तस्बिरहरु)

काठमाडौं । नेपालीको मुख्य पर्व दसैं मान्न वर्षेनी लाखौंको संख्यामा नागरिकहरुले उपत्यका छाड्ने गरेका छन् । यो वर्ष दसैं सुरु भइसकेको छ र विभिन्न कारणले राजधानीमा बसोबास गरिरहेकाहरु थातथलो फर्किने क्रममा छन् ।

मुख्य चाडपर्वमा कति नागरिकले उपत्यका छाड्छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन । तर स्थल तथा हवाई मार्ग प्रयोग गरी २० लाखका संख्यामा मानिसहरुले काठमाडौं छाड्ने अनुनमा गरिन्छ ।

स्थल मार्गबाट उपत्यकाका नाकाहरुमा अहिले यात्रुवाहक सवारीको भीड लागेको छ । हवाई मार्ग प्रयोग गर्नेहरुको भीड त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य देखिन्छ ।

दशैंका लागि सवै वायुसेवा कम्पनीले अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । बुद्ध, यति, श्री एयरलाइन्सजस्ता प्रमुख कम्पनीले पूर्ण क्षमतामा उडान भरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर